2020-04-05 15:28:39

डम्फु-मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै, फागुविशेष गीत अब मिथिलामा सुन्नै छाड्यो

प्रकाशित

काठमाडौं । होरी फागु पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् ।

श्रीपञ्चमी वसन्तपञ्चमीसँगै अबेर रातिसम्म गुञ्जने (जोगिरा) फागुविशेष गीत अब मिथिलामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व माघ शुक्ल पञ्चमी मा वसन्त उत्सव शुरु गरिएसँगै मृदङ्ग, हार्मोनियम र डम्फु जोगिराका बाद्यवादन का तालमा प्रत्येक रात मिथिलाका बस्ती/बस्तीमा गाइने जोगिरा पछिल्ला २५ वर्षयता यहाँ पातलिएको हो ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म मिथिलाका बस्ती/बस्तीमा टोलैपिच्छे घरदलानमा गवैयाका समूहले गाउने जोगिराले दिने फागुपर्व नजिकिएको सन्देश अब सुन्न छाडिएकामा यहाँका बूढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिकरूपमा गाइने जोगिराले होरी को सन्देश दिनेसँगै मङ्गित बनाउने कुरा अब दन्त्यकथा हाल्ने अवस्थामा पुगेको जोगिरा गवैयाहरु बताउछन् । रासस

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech