2020-04-05 16:18:12

कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

प्रकाशित

काठमाडौं । फागुन ३० बाट चैत ७ का लागि सरेको नेपाली कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । 

चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया–प्रेम, बिछोड, पीडा र सरकारी कार्यालयको कार्यशैली चित्रण गरिएको छ । भूकम्पबाट विछोडिएको परिवारले पुनरमिलनका लागि गर्ने संघर्षको कथा भन्ने चलचित्रलाई सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । 

‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech