2020-04-04 15:20:43

पाकिस्तानलाई सिध्याउन यस्तो छ भारतको अन्तिम तयारी, इमरान खान चिन्तित !

प्रकाशित

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । आफूविरुद्ध आंतकवादी समूहहरु परिचालन गरेर आक्रमण गरेको भन्दै रिसाएको भारतले पाकिस्तानतर्फ बग्ने नदीको पानी रोकेर बदला लिने तयारी गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । 

भारतले आगामी डिसेम्बरदेखि पाकिस्तानतर्फ बग्ने नदीको पानी पूर्ण रुपमा राक्ने गरी तयारी पुरा गरेको छ। यसबारे टेक्निकल रिपोर्ट तैयार भइसकेको छ । कानूनी प्रक्रिया पुरा हुने क्रममा छ । भारतीय जल विभागका अधिकारीले जनाएका छन् । 

सन् २०१९ मा पुलवामा भएको आंतकवादी हमलापछि भारत र पाकिस्तानबीच तिक्तता बढेको छ । पुलवामा ठूलो संख्यामा भारतीय सैनिक मारिएका थिए ।

भारतले यो घटना पाकिस्तान सरकारले आतंकवादी समूह परिचालन गराएर गरेको आरोप लगाउँदै आएको छ । यहीँ घटनालाई लिएर भारतले पाकिस्तानमाथि कडा नीति अख्तियार गरेको छ । 

भारतीय सन्चारमाध्मयले जनाएअनुसार भारतले उज्ज नदीको २ टीएमसी (थाउजेण्ड मिलियन क्युविक) पानी रोक्न लागेको हो । यो रावी नदीको सहायक नदी हो । यो पानी रोकिए पाकिस्तानका हजारौ नागरिकले पानी पाउने छैनन् । यो निर्णयले आम नागरिकलाई छुने भएकाले पाकिस्तानी प्रधानमन्त्री चिन्तित बनेका छन् । उनले अन्तर्राष्ट्रिय कानुनअनुसार उपचार खोज्ने विकल्पबारे अध्ययन गरिरहेको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech