कोरोना सङ्क्रमणको जोखिम बिच एसईई परीक्षा हुने

  |   प्रकाशित :

काठमाडौँ । कोरोना भाइरसको जोखिम भए पनि एसईई परीक्षा नरोकिने जनाइएको छ ।

नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech