2020-04-05 15:53:13

नरहरि प्रेमी र रश्मि चौधरीको होली गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित

काठमाडौं । लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । 

रंगको पर्व होलीलाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् । निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको युगल गायनमा हरसम्भव साथ निभाउने कोशिस गरेकी छिन् रश्मि चौधरीले । 

जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् । गीत सुन्योकि नाँचिहालुँझै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । साह्रै सरल तर गहकिला भाव छल्किने यस गीतलाई समग्र हिसावले नयाँपन दिनमा प्रेमी सफल भएको कुरा गीत सुन्नासाथै प्रस्ट हुन्छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech