कश्मीरमा तालिवानी लडाकु पठाउने इमरानको तयारी, पाकिस्तानी नागरिकले राष्ट्रसंघ मुख्यालयमै गरे खुलासा

पाकिस्तानले कश्मीरमा तालिवानी लडाकु पठाउन सक्ने, अल्पसंख्यक पाकिस्तानी चिन्तित
  |   प्रकाशित :

जेनेभा । अमेरिका तालिवानबीच शान्ति समझौता भएका बेला पाकिस्तानका अल्पसंख्यक नागरिकले भने चिन्ता व्यक्त गरेका छन् । सम्झौतासँगै पाकिस्तानी मुलका तालिवानी लडाकु स्वदेश फर्किने र तिनीहरुलाई राज्यले आफूविरुद्ध परिचालन गर्ने भन्दै चिन्तित बनेका हुन् । 

इन्सिट्युसन अफ गिलिगट बल्टिस्टानका अध्यक्ष सिंग्गे सरंगले संयुक्त राष्ट्रसंघको मानव अधिकार काउन्सिलको जेनेभामा जारी बैठकमा पाकिस्तानी अल्पसंख्यक नागरिकको चिन्ता सुनाएका हुन् । सिङ्ग्गे गिलिगट बल्टिस्टानका नागरिकको मानव अधिकार रक्षाका लागि लड्दै आएका छन् । 

यस्तो छ उनको भनाई

अमेरिका तालिवान वार्ता स्वागतयोग्य छ । तर, तालिबानी लडाकुमा पाकिस्तानी मुलका पनि छन् । उनीहरु शान्ति सम्झौतापछि पाकिस्तान फर्किने छन् । ति लडाकुलाई त्यसपछि कसरी प्रयोग गरिनेछ भन्ने अहिलेको मुल प्रश्न हो । उनीहरुलाई कश्मीर पठाइन सक्छ । खालिस्तानसँग जोडिन सक्छन् । भारततर्फको पन्जाबमा अस्थिरता निम्त्याउन उनीहरुलाई प्रयोग गरिन सक्छ । गिलिगट बल्टिस्टानमा शिविर बनाएरै बस्न सक्छन् । 

पाकिस्तान अफगानिस्तानको सरकारलाई भारत र रअको एजेन्टका रुपमा आरोप लाउने गर्छ । त्यसकारण पाकिस्तानले पाकिस्तानी मुलका तालिवानीलाई सहज रुपमा स्वीकार गर्ने छैन । आतंकवादी घटनामा प्रयोग गर्न सक्छ । त्यसकारण यो मुद्दा सजिलै हल होला जस्तो लाग्दैन । 

अब कुरा गरौ गिलिगट बल्टिस्टानको । अल्पसंख्यक रहेको कश्मीरको लद्दाखसँग सीमा जोडिएको गिलिगट बल्टिस्टानमा मानिसहरुलाई स्वतन्त्रता छैन ।

पाकिस्तानको इमरान खान सरकार र चीनले मिलेर आतंक मच्चाएका छन् । अल्पसंख्यकको सम्पत्ति कब्जा गर्ने, घर नाममा दर्ता नगरिने दिने जस्ता विभेद त्यहाँ पाइन्छ । यसविरुद्ध आवाज उठाउनेमाथि आतंकवादको आरोप लाग्छ । आतंकवाद विरोधी कानुन लगाएर ठेगान लगाइन्छ । नागरिकहरु नजरबन्दको अवस्थामा छन् । संकटकालको जस्तो अवस्था छ । यस्ता लाग्छ नागरिकहरु जेलमा छन् । 

यहाँका नागरिकलाई भारत र अफगानिस्तान जानै निषेध गरिएको छ । चीनसँगको रुट मात्र खुला छ । पाकिस्तानका अल्पसंख्यक सिया र हिन्दू समुदाय अहिले पनि असुरक्षित छन् । पहिले तालिवानी प्रयोग गरेरै सिया र हिन्दु सफाया अभियान चलाएको पाकिस्तान अहिले पनि त्यो प्रवृति दोहोर्यानउन सक्छ । यो समुदाय कम भएमा विरोधको आवाज दबाउन सकिने पाकिस्तान सरकारको योजना छ । 

गिलिगटमा धर्म परिवर्तनको दबाब चर्को छ । अब यहाँ जम्माजम्मी २ हजार हिन्दु मात्रै बाँकी छन् । धर्म परिवर्तनकै दबाबले धेरै नागरिक भारतको कश्मीरदेखि मध्यप्रदेशसम्म विस्थापित भएर पुगे । जसमा सिया समुदायका मुस्लिम पनि छन् । उनीहरु अफगानिस्तान र ताजकिस्तानसम्म गएका छन् । 

अप्रत्यासित रुपमा भन्नुपर्दा यहाँका नागरिकलाई जबरजस्ती धर्म परिवर्तन गराइन्छ । अल्पसंख्यकमाथि अत्याचार हुन्छ । कट्टरपन्थी समूहहरु, जमाद इस्लामीका जत्थाहरु त्यहाँ पुगेर मानिसहरुलाई दु:ख दिने, उनीहरुका चेलिबेटीमाथि बलात्कार हुन्छ । मुस्लिम धर्म नभएको तथा अन्य धर्मलाई त्यहाँ धर्म नै मानिँदैन । 

धारा ३७० खारेज गर्ने निर्णयका लागि म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहन्छु । यो ७० वर्ष पहिले नै हुनुपर्थ्यो । गिलिगट बल्टिस्टान यो निर्णयप्रति आभारी छ । हामी पहिलेदेखि भन्दै आएका छौ कि जम्मू कश्मीरको धार्मिक कट्टरवादी संगठन, आतंकवादी समूहसँग हाम्रो कुनै सम्बन्ध छैन । त्यसलाई हामी निरुत्साहित गर्छौं । धारा ३७० खारेज गरेर लद्दाखलाई अलग्गै प्रान्तको मान्यता दिनु राम्रो कुरा हो । अब हामी आधिकारिक रुपमै लद्दाखको हिस्सा बनेका छौं । यसले हाम्रो परिचय  पुर्नजिवित गरेको छ । मोदीले हिम्मतका साथ लिएको निर्णयको सेल्युट गर्दछौं । अहिले हामी संयुक्त राष्ट्रसंघको मानव अधिकार काउन्सिलमा उपस्थित हुन पाएका छौं । अब हाम्रो माग यो छ कि पाकिस्तानलाई दबाब दिनुपर्छ, अल्पसंख्यकमाथि अत्याचार रोक्न ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech