2020-04-02 17:24:48

कोरोनाविरुद्ध सचेतना फैलाउने पशुपति शर्माको ‘कोरोना भाइरस’ गीत (भिडियोसहित)

प्रकाशित

काठमाडौं । कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । 

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सार्वजनिक उक्त गीतमा चर्चित गायक पशुपति शर्माको स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । 

गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको हो । भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech