2020-04-02 18:07:36

तराईमा धुमधामका साथ फागु अर्थात होली पर्व मनाइँदै

प्रकाशित

धनुषा । तराईमा मङ्गलबार धुमधामका साथ फागु अर्थात होली पर्व मनाइँदै छ । पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । 

तराईमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । 

होलीको अवसरमा तराईमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र सरुवारोग विशेषज्ञ डाक्टरहरुले आग्रह गरेका छन् । भिडभाडमा जाँदा, नजिकै पुगेर रङ्ग लगाइदिँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech