2020-04-05 16:04:23

‘बागी–३’ले पाँच दिनमा कति कमायो ?

प्रकाशित

काठमाडौं । बलिउडका एक्शन अभिनेता टाइगर श्रफ, श्रद्धा कपुर र रितेश देशमुखको फिल्म ‘बागी–३’ दर्शकमाझ रिलिजमा आएको पाँच दिन पूरा भइसकेको छ ।

फिल्मले शुक्रबार १७.५० करोडको बक्स अफिस कलेक्शन गर्दै सुखद् ओपनिङ गरेको थियो । त्यस्तै, दोस्रो दिन (शनिबार) १६.०३ करोड, तेस्रो दिन (आइतबार) २०.३० करोड, चौथो दिन (सोमबार) ९.०६ करोड र पाँचौं दिन (मंगलबार) १४.०५ करोडको बक्स अफिस कलेक्शन गरिसकेको छ ।

पाँच दिनमा फिल्मले जम्मा ७६.९४ करोडको बक्स अफिस कलेक्शन गरिसकेको छ । यस फ्रेन्चाइजीको पहिलो फिल्म ‘बागी’ २०१६ मा दर्शकमाझ रिलिजमा आएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech