पोखरामा जारी आहा रारा गोल्डकपः पहिलो सेमिफाइनल पुलिस र थ्रीस्टारबीच भिडन्त

  |   प्रकाशित :

कास्की । आहा रारा गोल्डकपको बुधबारदेखि सुरु हुने सेमिफाइनलमध्ये पहिलो खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच हुने भएको छ । 

पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमध्ये पहिलो खेल आज दिउँसो साढे दुई बजे पोखरा रंगशालामा हुनेछ । पाँच पटक उपाधि जितेको थ्रीस्टार अघििल्लो संस्करणको विजेता पनि हो । 

बुधबारको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार लगातार फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आहा रारा गोल्डकपको सबैभन्दा बढी ६ पटक उपाधि जितेको पुलिस क्लबको भने यो पटक सेमिफाइनलमा थ्रीस्टारलाई हराउँदै उपाधि रक्षा गर्ने लक्ष्य रहनेछ  ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech