विश्व चर्चित फुटबलर रोनाल्डोलाई कोरोना? क्वारेन्टाइनमा राखियो 

  |   प्रकाशित :

काठमाडौं । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । 

चीनपछि कोरोनाबाट सबैभन्दा बढी ग्रस्त देश इटालीको युभेन्टसका खेलाडी रहेका रोनाल्डोलाई पोर्चुगलको मादेइरामा क्वारेन्टाइनमा राखिएको सीएनएनले जनाएको छ । उनी तत्काल फुटबल खेल्न इटाली फर्किने छैनन् ।

युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डो र गोर्डन राम्सेलाई क्वारेन्टाइनमा राखिएको हो । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो । दुबै जनाको चेकजाँच भइरहेको छ । 

कोरोना संक्रमणपछि रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु। सबैले नियम मानिदिनुहुन म आग्रह गर्दछु। यो भाइरसले कुनै भेदभाव गर्दैन।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech