कोरोनाको कारण ‘सूर्यवंशी’ को प्रर्दशन मिति सर्यो

  |   प्रकाशित :

 भारत । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति पछि सारिएको छ । 

विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण फिल्मको प्रर्दशन मिति पछि सारिएको हो । यो फिल्मको प्रदर्शन मिति सारिएको अक्षय कुमारले टुविटर मार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामीले वर्षभर मिहेनत गरेर तपाईहरुको लागि सूर्यवंशी बनाएका थियौं । ट्रेलरलाई दर्शकले जुन प्रकारले माया दिनु भएको छ । यसबाट थाहा हुन्छ की दर्शकलाई फिल्मले प्रभावित गरेको छ ।’

हामी दर्शकलाई फिल्म पेश गर्न निकै उत्सहित थियौं । तर कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै हामीले फिल्मको रिलिज डेट पछाडी सार्ने निर्णय गरेका छौं । सही समय आएपछि सूर्यवंशी रिलिज हुनेछ ।’ त्यस्तै, भारतका विभिन्न फिल्म हल बन्द गर्ने निर्णय पनि गरिसकेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech