राती राती एलिशाको सपनीमा कोहि आउछ रे ! (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’ सार्वजनिक गरेकी छन । रोमान्टिक फ्लेवरको यस गीतमा एक  युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन  गरिएको छ ।  

‘को हो त्यो’ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्द प्रसाद उपाध्यायको रहेको छ । बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।

सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech