अब काठमाडौंका निजी विद्यालयले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पढाउनुपर्ने

  |   प्रकाशित :

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा सञ्चालित निजी विद्यालयहरुलाई विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पठनपाठन सञ्चालन गर्न प्रस्ताव राखेको छ। 

उपत्यकाको ट्राफिक जामका कारण विद्यार्थीहरुले पशुवत सकस भोगेका समाचारहरु प्रकाशित भएपछिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरुमा पठनपाठन समय सार्न प्रस्ताव गरेको हो। 

निजी विद्यालयका सञ्चालकहरुलाई नै छलफल गर्न बोलाई मन्त्रालयका सचिव महेशप्रसाद दाहालले यस्तो प्रस्ताव गरेका हुन्। हाल निजी विद्यालयहरुमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएको छ। 

छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सामुदायिकसहित सबै विद्यालयलाई यही समयतालिकामा पठनपाठन गर्ने नीति ल्याउनुपर्ने बताएका छन्। सरकारले गरेको प्रस्तावबारे थप छलफल गरिने उनले प्रतिक्रिया दिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech