2020-04-02 17:53:19

कांग्रेस सांसदको प्रश्न: सत्ताधारी पार्टीमा नेताहरुको देवत्वकरण त भइरहेको छैन ?

प्रकाशित

काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सांसद जितेन्द्र देवले सत्ताधारी पार्टीमा नेताहरुको देवत्वकरण त भइरहेको छैन भन्ने प्रश्न गरेका छन् ।

सांसद देवले व्यक्ति पूजा गर्ने प्रवृत्तिले देशलाई दुर्घटनातिर लैजाने बताए । कांग्रेस सांसद देवले भने, ‘हामी वामपन्थी आन्दोलनभित्र व्यक्तिपूजाको अवस्था त सिर्जना गरिरहेका छैनौं ? देवत्वकरण त गरिरहेका छैनौं ? यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ र देशलाई दुर्घटनामा लैजान्छ ।’

अहिले पनि जनताले खोजेको डेलिभरी नपाएको र चरम भ्रष्टाचार भइरहेको छ भन्ने स्थापित हुँदै गएको उनले अघि भने, ‘यो मुलकमा यदि कुनै प्रतिगमन भयो भने त्यो नक्कली राष्टवादको घोडा चढेर आउँछ । त्यो भ्रष्टाचारको घोडा चढेर आउँछ । त्यसैले यस विषय सरकार सत्ताधारी पार्टीको ध्यानाकर्षण गराउँछौं ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech