2020-04-02 18:31:06

सुनको मूल्य ह्वात्तै घट्यो, कति छ आजको भाउ ?

प्रकाशित

काठमाडौं । नेपाली बजारमा मंगलबार प्रतितोला २ हजारले घटेर छापावाला सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ७७ हजार ५०० प्रतितोलामा कारोबार भएको सुन मंगलबार ७५ हजार ५०० प्रतितोलामा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ७५ हजार २०० मा कारोबार भइरहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ७१० तोकिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech