2020-04-05 14:41:38

प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

प्रकाशित

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टीले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ ।

नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश २ मा नाम र राजधानी टुंग्याउन तोकिएको मतदान रोकियो

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech