2020-04-02 19:19:35

‘प्रदेश २ का नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता ?, कुछ तो शरम करो यारो !’

प्रकाशित

काठमाडौं । प्रदेश २ को नाम र राजधानीका लागि मंगलबार विभिन्न चरणमा मतदान भयो, तर नामाकरणको टुङ्गो भने लाग्न सकेन् । 

कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि मंगलबार प्रदेश २ को नामाकरण र राजधानी टुङ्गो लाग्न नसकेको हो । प्रदेश २ को नामाकरण र राजधानी टुङ्गो नलागेपछि डाक्टर बाबुराम भट्टराईले व्याङ्ग्यात्मक ट्वीट गरेका छन् ।

उनले ट्वीटरमा हिन्दीमै ‘जब ‘मधेसी’ पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता ? हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं ? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं ? कुछ तो शरम करो यारो !’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech