2020-04-05 14:27:10

नेपालमा चीनको प्रभाव रोक्न प्रधानमन्त्री ओलीको यस्तो एक्सन, बेइजिङ आत्तियो !

प्रकाशित

काठमाडौं। कोरोनाको चपेटमा फसेको उत्तरी छिमेकी चीनको नेपालमा आक्रामक उपस्थिति नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कदम चालेका छन् । 

भारतको नेतृत्वमा दक्षिण एसियाली सहयोग संगठन सार्कलाई सक्रिय बनाउनेदेखि चीनसँग घनिष्ठ सम्बन्ध बनाउन भूमिका खेलिरहेका चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउनेसम्मका निर्णय ओलीले गरेका छन् । त्यतिमात्रै होइन कोरोना संक्रमण नहुँदै सहयोगको प्रस्ताव लिएर नेपाली सरकार र जनताको सेन्टिमेन्ट क्याच गर्न खोजेको चीनलाई ओलीले अहिले आवश्यक छैन भनेर जवाफ दिएका छन् । 

मिर्गौला प्रत्यारोपण गरेर आराम गरिरहेका ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत यी सबै काम गराइरहेका छन् । झन नेपालमा चीनलाई आक्रामक रुपमा भित्र्याउन सेतुको भूमिका खेलेका राजदूत पौडेललाई बोलाउँदा बेइजिङ आत्तिएको छ । नेपाल सरकारको यो निर्णयपछि चीन सहयोगको बहानामा आफ्नो सक्रियता कायम राख्न अग्रसर देखिएको छ । चिनियाँ दूतावासले मंगलबार नेपालमा कोरोना नआउँदै मेडिकल सामग्री पठाउने भनेर प्रस्ताव गरेको थियो । तर सरकारले लिएन ।

त्यसैगरी नेपालका राष्ट्रपतिको चीन भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमण, चीनले नेपाललाई उपलब्ध गराएको पारवहन यातायात सुविधा, बेल्ट एन्ड रोड सहयोग सम्वन्धी समझदारीलगायतका काम गरेका राजदूत पौडेललाई ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएरै १५ दिनभित्र फिर्ता हुनेगरी अपमानपूर्वक फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा महेन्द्र पाण्डेलाई पठाइँदैछ । यो चीनलाई निकै ठूलो झड्का थियो । किनकि चीनले आफ्नो विश्वासपात्र गुमायो । त्यसो त पौडेलले ओली नेतृत्वको सरकारलाई भन्दा चीनलाई बढी महत्व दिएको, नेपाल सरकारलाई नटेरेको विषयहरु पनि बाहिर आएका थिए । 

अर्कोतिर प्रधानमन्त्री ओलीको छिमेकी भारतका प्रधानमन्त्रीसँग गज्जबको ट्युनिङ मिलेको छ । यतिसम्मकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्क राष्ट्रका नेताहरुबीच भएको भिडियो कन्फ्रेन्समा ओली सकि नसकि सहभागी भए । विरामी भए पनि ओलीले मोदीको पहललाई सम्पूर्ण रुपमा साथ दिने प्रयत्न गरे । मोदीका सबै प्रस्तावमा धमाधम सहमति जनाए । मोदीले पनि ओलीलाई निकै महत्व दिइरहेका छन् । भिडियो कन्फ्रेन्समा समेत यो झल्किएको थियो । 

पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव र सक्रियता यति बढेको छ कि सन्चारमाध्यममा छापिएको सामग्रीलाई लिएर सम्पादकलाई धम्की दिनेसम्म पुगेको छ । राजदूतले सिधै मेनस्टिम मिडियाका सम्पादकलाई एक्सन लिने धम्की दिइरहेकी छिन् । यो घटनाबाट पनि असन्तुष्ट रहेका प्रधानमन्त्री ओली अब भने एक्सनमा उत्रिएका छन् ।

हुन त चिनियाँ जात भनेकै सुरुमा सहयोग गरेर विश्वास जित्ने र त्यसकै आधारमा व्यापार गर्ने हो । अन्ततः चिनियाँ सम्बन्ध भनेको व्यापारको सम्बन्धमात्रै रहन्छ । सहयोग त फकाउने, आफ्नो भन्दामा पार्ने दाउ मात्रै हो भन्ने कुरा श्रीलंका, पाकिस्तान ऋणको पासोमा परेको उदाहरणले स्पष्ट पारिसकेको छ । विश्लेषकहरु भन्छन्, भारतले ठुल्दाइ व्यवहार गरे पनि चीनजस्तो व्यपारिक व्यवहार गर्दैन । भारले ऋण मिनाहा गर्ला तर चीनको ऋणको पासोमा परे उम्किन गाह्रो छ, उपनिवेशजस्तो बनाएर छोड्नेछ । यो रणनीतीलाई ओली सरकारले बल्ल बुझेको आभाष भएको छ । र यसैका आधारमा ओली एक्सनमा उत्रिएको कतिपयको बुझाइ छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech