2020-04-02 17:32:36

नेकपा सचिवालय बैठक बस्दै, यस विषयमा छलफल हुने

प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ । 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित सहभागी हुने बैठक पहिलोपटक बस्न लागेको हो ।  ओली मृगौला प्रत्यारोपणपछि पहिलोपटक पार्टीको बैठकमा सहभागी हुन लागेका हुन् । 

सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुनथालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech