2020-04-05 15:15:14

सचिवालयले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ?

प्रकाशित

कपिलवस्तु । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मतीमा गरिएको सुनाउँदै उक्त निर्ण छिट्टै कार्यन्वयन हुने स्पष्ट पारेका छन् ।

आज संचारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने,‘सचिवालयले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ? यस्तो कुरा मैले सोच्नै सक्दैन ।’ प्रधानमन्त्री ओलीसहितको सहमतिमा भएको निर्णय पालना हुनेमा आफू ढुक्क रहेको नेपालले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech