2020-04-02 17:16:34

ठोस निर्णय गर्न नसक्दाँ २१ लाख बरामद मास्क प्रहरी परिसरमै थन्कियो 

प्रकाशित

काठमाडौं । बजारमा मास्कको चर्को अभाव छ। कालोबजारी गर्नेहरूबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ। तर जिल्ला प्रशासन र राजस्व विभागले ठोस निर्णय गर्न नसक्दा २१ लाख ८ हजार मास्क महानगरीय प्रहरी परिसरमै थन्किएको छ।

प्रहरीले जिल्ला प्रशासन, महान्यायाधिवक्ताको कार्यालय, राजस्व विभागलगायतलाई बरामद मास्कबारे लिखित रूपमै जानकारी गराएको छ । महान्यायाधिवक्ताको कार्यालयले छिटोछरितो र पारदर्शी ढंगले मास्क वितरण गर्न जिल्ला प्रशासनलाई लिखित आग्रह गरिसकेको आजको नागरिक दैनिकमा खवर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech