2020-04-02 17:39:48

कोरोनाका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु

प्रकाशित

काठमाडौं । कोरोनाका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको जनाइएको छ ।

इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो ।

योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो । बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech