2020-04-02 18:13:09

अस्ट्रेलियाबाट फर्किएका व्यक्तिमा कोरोनाको आशंका, अस्पतालको छतबाटै हामफालेर गरे आत्महत्या

प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसको आशंका गरिएको एक व्यक्तिले दिल्लीको सफरदगञ्ज अस्पतालको सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् । 

कोरोना भाइरसको आशंका गरिएको ती भारतीय नागरिक अस्ट्रेलियाबाट फखरैँ फर्किएका थिए । भारतीय मिडियाका अनुसार उनलाई कोरोनाको आशंका गरी क्वारेन्टाइनमा राखिएको थियो । 

उनको शरीरबाट निकालिएको स्वाब नमूना परीक्षणका लागि पठाइएको थियो तर नतिजा नआउँदै उनले आत्महत्या गरेको बताइएको छ । उनको मृत्युबारे प्रहरीलाई जानकारी गराइसकिएको छ । उनको शवको पोस्टमार्ट रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech