2020-04-02 17:37:28

कोरोना त्रासः स्पेनका सबै नीजि अस्पताललाई राष्ट्रियकरण गर्यो

प्रकाशित

काठमाडौं । स्पेन सरकारले सबै नीजि अस्पताललाई पनि राष्ट्रियकरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि स्पेन सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने सबै स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको हो ।

पेड्रो सान्चेज सरकारले स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले उक्त घोषणा गर्दै स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन्

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन पनि एक हो । स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चालिरहेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech