2020-04-04 14:21:00

तोकेको भन्दा बढी व्यक्ति उपस्थित भएको भन्दै संसदीय समितिको बैठक स्थगित

प्रकाशित

काठमाडौँ । सरकारले भेला तोकेको भन्दा बढी व्यक्ति उपस्थित भएको भन्दै संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठक झण्डै ४५ मिनेट बसेर स्थगित भएको छ ।

संघ, प्रदेश र स्थानीय तहबिचको अन्तर सम्बन्ध सम्बन्धी विधेयकमाथि बिहीबारको बैठकमा छलफल भएको थियो। छलफल चलिरहेका बेला कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको र बैठकमा त्यो भन्दा धेरै व्यक्तिको उपस्थिति रहेको भनेपछि सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

राज्य सञ्चालनका महत्वपूर्ण विषयमा छलफल हुने राज्य व्यवस्था समितिमा २६ जना सांसद सदस्य छन् । बैठकमा समितिका कम्तिमा सात कर्मचारी उपस्थित हुन्छन् । यस्तै पत्रकारहरुको उपस्थिति पनि तुलनात्मक रुपमा बढी हुने गर्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech