2020-04-02 18:49:13

मलेसियाको सरकारद्धारा देशभर ‘लक डाउन’

प्रकाशित

काठमाडौं । मलेसियाको सरकारले बुधवारबाट लागू हुने गरेर १४ दिन देशभरको ‘लक डाउन’ गरेको छ ।

कोरोनाका कारण मलेसियाको सरकारले आकस्मिक संस्था बाहेक सबै सरकारी तथा नीजि कार्यालयहरू बन्द गरिएको हो । धार्मिकस्थल र व्यापारीक स्थलहरू सबै बन्द भएका छन् ।

तर, खाद्यानका बजारहरू भने बन्द नहुे बताइएको छ । त्यसैगर मलेसियन सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि देश्को सबै नागरिकलाई अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन आग्रह गरेको छ ।

मलेसिया सरकारले दुई साताको लक डाउनमा आर्मी परिचालन गर्ने भएको छ । हाल सम्म मलेसियामा ९ सय जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने २ जनाको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech