2020-04-04 15:22:31

कोरोना संक्रमणको जोखिम कम गर्न राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech