‘जेल पनि सहुँला, नेल पनि सहुँला’ भन्दै मेलीना आइन् बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘’ बोलको गीत सार्वजनिक भएको छ । 

रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरी र अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech