2020-04-04 14:42:29

टिम्स कार्ड वितरण बन्द, विदेशी पर्यटक पदयात्रामा जान नपाउने

प्रकाशित

काठमाडौं । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । 

बोर्डले टिम्स कार्ड वितरण बन्द गरेसँगै आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएको छ । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।

नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपालले टीम्स कार्ड वितरण गर्दै आएका छन् । यो समय नेपालमा पदयात्रामा जाने मूख्य मौमस हो । पर्वतारोहण सिलसिलामा आउने पर्यटक पनि पदयात्रा गर्दै जाने हुँदा पदयात्रा मार्ग यस समय भरिभराउ हुनुपर्ने थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech