2020-04-02 19:00:03

कोरोनाको नाममा पाकिस्तानमा शिया समुदायलाई जनावरको व्यवहार, खाना समेत नदिएर मार्दै इमरान खान 

प्रकाशित

काठमाडौं । कोरोना भाइरस फैलिएको चीनको वुहानमा फसेका आफ्ना विद्यार्थी स्वदेश फिर्ता ल्याउन नमानेको इमरान नेतृत्वको पाकिस्तानले सोही भाइरसका नाममा नागरिकलाई दुःख दिइरहेको खुलासा भएको छ । 

कोरोना संक्रमित नभए पनि अन्धाधुन्ध उठाएर गुणस्तरहीन टेन्टमा राखेको, समयमा खाना नदिएको, शौचालय समेत राम्रो नभएपछि पाकिस्तानी नागरिक इमरानप्रति आक्रोशित बनेका छन् । इरानसँग सीमा जोडिएको पाकिस्तानस्थित बलुचिस्तानको ताफ्तानमा कोरोना भाइरस क्याम्प खडा गरिएको छ। 

त्यहाँ बसिरहेका एक नागरिकले भिडियो सामाजिक सन्जालमा लाइभ गर्दै खाना समेत नपाएको र कुनै सुविधा नभएको गुनासो गरेका छन् । कोरोनाबाट बच्न खडा गरिएको कमसल टेन्टमा जाडोले मर्ने अवस्था सिर्जना भएको उनले बताएका छन् । साथै सहयोगको याचना समेत गरेका छन् ।

यो कुरालाई द गार्जियन पत्रिकाले न सुविधा न मानवता भन्दै पाकिस्तान सरकारको आलोचना हुनेगरी समाचार प्रकाशित गरेको छ। ६ हजार मानिस राखिएको क्याम्पमा कोरोना भन्दा पनि सरसफाइ नहुँदाको दुर्गन्धले मानिस मर्ने चेतावनी पनि दिइएको छ।

दुई हप्तादेखि त्यहाँ बसिरहेका मोहम्मद बकिरले टेन्ट बसाईको जीवनकै सबैभन्दा कठीन समय भएको र जनावरजस्तो व्यवहार गरिएको बताए। सुविधा र मानवीयता नभएको त्यहाँ खाली सुत्नका लागि बनाइएका कमसल कोठा मात्रै रहेको उनले खुलाए। 

समाचारअनुसार कोरोना संक्रमित तथा लक्षण देखिएका व्यक्तिहरु शिया समुदायका छन् । जो इरानबाट फर्किएका यात्रुहरु थिए । शिया समुदायका उनीहरुलाई विरामीजस्तो व्यवहार गरिएको छैन। पर्याप्त चिकित्सकीय सुविधा, निगरानी र स्याहार गरिएको छैन । जनावरजस्तो व्यवहार भोगिरहेका शिया समुदायका मानिसलाई इमरान सरकारले जानीजानी दुस्ख दिएको र मार्न खोजिरहेको बताइएको छ । 

यो तरिकाबाट हजारौ शिया समुदायका व्यक्तिलाई रोगको कारण देखाउँदै सफाया गर्ने रणनीति इमरान सरकारको रहेको भन्दै चिन्ता गरिएको छ। यसरी मरेका नागरिकको मृत्युको दोक्ष कोरोनालाई लगाउन सकिने पाकिस्तान सरकारको बुझाई छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech