2020-04-02 18:05:43

उत्तर कोरियाले दुईवटा मिसाइल हान्यो

प्रकाशित

अमेरिका र दक्षिण कोरियाको परम्परागत शत्रु उत्तर कोरियाले शनिबार दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। 

प्रायद्विप समुन्द्रको उत्तरपूर्वी जलक्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

विश्वभर कोरोना संक्रमण फैलिइरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो। कोरोना संक्रमणका कारण विश्व नै चिन्तित भइरहेका बेला उत्तर कोरियाको यो कदममाथि दक्षिण कोरियाले कडा निन्दा गरेको छ। यस्ता अशोभनीय र असान्दर्भिक काम तत्काल रोक्न पनि दक्षिणले उत्तर कोरियालाई आग्रह गरेको छ।

बन्द मुलुक उत्तर कोरियामा हालसम्म कसैमा कोरोना संक्रमण नदेखिएको भनिएको छ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने त्यहाँ कोरोना कारण मानिसहरुको ज्यान गइरहेको र संक्रमित भेटिनासाथ गोली मानेर मार्ने गरिएको दाबी गरेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech