2020-04-04 14:19:49

मानिसलाई हिँडडुल गर्न नदिन इटालीमा सेना परिचालन, एकैदिन ६२७ को मृत्यु 

प्रकाशित

कोरोना संक्रमणका कारण ठूलो संख्यामा मानिसहरुको ज्यान गएपछि इटालीले मानिसहरुलाई हिँडडुल गर्न नदिन सेना परिचालन गरेको छ। 

एकैदिन ६२७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँको सरकारले कोरोना फैलावट रोक्नका लागि मानिसहरुलाई हिँडडु गर्न नदिन सेना परिचालन गरेको हो। 

विश्वका राष्ट्रहरुमध्ये इटालीमा कोरोना भाइरसबाट सबैभन्दा खराब असर परेको छ। यो समाचार तयार पार्दासम्म त्यहाँ ४,०३२ जनाको ज्यान गइसकेको छ भने ३७८६० जनामा संक्रमण भेटिएको छ।

संक्रमितमध्ये २६५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ। इटलीको उत्तरी क्षेत्र कोरोनाका कारण निकै प्रभावित भएको छ। 


 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech