2020-04-04 14:17:07

भारतमा यात्रुवाहक रेल सेवा मार्च ३१ सम्मका लागि बन्द 

प्रकाशित

काठमाडौं । भारत सरकारले देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।

भारत सरकारले देशभरिको यात्रुवाहक रेल मार्च ३१ सम्मका लागि बन्द गरेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको जनाएको छ ।

भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech