2020-04-02 18:28:52

कालोबजारी गर्नेलाई पाता कस्छौंः मन्त्री भट्ट

प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई पाता कस्ने बताएका छन् ।

सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् । सरकारले खाद्यान्नको पर्याप्त स्टक राखेको उनको भनाई छ ।

उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’

मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे । उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । 

यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech