2020-04-05 15:44:15

कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु, ३२४ जनामा संक्रमण

प्रकाशित

नयाँ दिल्ली । भारतमा कोरोनाका कारण एकै दिन ३ जनाको मृत्यु भएको छ । 

पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । 

यससँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि नेपालसँग सीमा जोडिएको बिहार राज्यमा पनि १ जनाको पनि ज्यान गएको थियो । आइतबार नै मुम्बईमा अर्का एक व्यक्तिको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech