2020-04-02 17:19:20

कोरोनाः काठमाडौंका २० ठाउँमा हात धुने व्यवस्था

प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाको २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको हो । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । 

उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ ।

हात धुने ठाउँमा प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने शाक्यको भनाइ छ । ट्याङ्कीमा पानी खाली भएरनभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । उनले भने, ‘स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भएरनभएको जानकारी गराउन सक्छन् ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech