2020-04-04 13:46:35

विश्व कोरोना विरुद्ध लडिरहेको बेला पाकिस्तान भारतमा आतंकवादी गतिबिधिको रणनीति बनाउन व्यस्त !

प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अहिलै विश्व नै लडिरहेको बेला पाकिस्तान भने अटेरी गर्दै आएको छ ।

कोरोना भाइरसका कारण अहिले विश्वनै आतंकित बनेतापनि पाकिस्तानमा भने यस्को कुनै असर देखिएको छैन । यस्तो अवस्थामा पाकिस्तानले पनि कोरोनाविरुद्ध लड्नुपर्ने हुन्थ्यो तर, पाकिस्तान भने अहिले पनि भारतमाथि आक्रमण गर्दै आएको छ । 

दक्षिण एसियाको शान्ति र कोरोनाविरुद्ध सार्क राष्ट्रहरु एक हुनुपर्नेमा पनि पाकिस्तान एकजुट नभएको प्रष्ट भएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा सार्क राष्ट्रहरुबिच भिडीयो कन्फ्रेन्स् हुदाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उपस्थिती भने थिएन । 

आफैंले १९ औं सार्क शिखर सम्मेलन गर्नुपर्ने जिम्मेवारी थाँती रहेका बेला त्यसलाई सम्पन्न गर्न भिडियो कन्फ्रेन्समा इमरान खान आफैं सहभागी गएर वातावरण बनाउनुपर्ने थियो । धन्न राज्यमन्त्री पठाएर बाध्यात्मक जस्तो देखिने सार्क राष्ट्रको कोरोनाविरुद्ध लड्ने प्रस्तावमा ऐक्यबद्धता जनाए । अर्कोतर्फ सबै राष्ट्रले कोरोनालाई परास्त गर्दै क्षेत्रीय हितको कुरा गरिरहेका बेला पाकिस्तानले भने जम्मू काश्मिरको उठाएर बैठकमा सबैलाई आश्चर्यमा पार्यो । 

काश्मिरमा आँखा गाडेको पाकिस्तानले यसैकारण आतंकवाद छोड्न सकेको छैन । जसले गर्दा दक्षिण एसियाको शान्ति एकता र स्थिरता हराएको छ । पुलवामा, उरी, पठानकोट हमला यसका उदाहरण हुन् । यिनै हमलाका कारण पाकिस्तानमा तय भएको १९ औ सार्क शिखर सम्मेलन समेत स्थगित भयो, अहिलेसम्म हुन सकेको छैन । धेरैले सार्क सम्मेलन हुन नदिन र सार्कलाई निष्क्रिय बनाउन पाकिस्तानले जानीजानी आतंकवादी परिचालन गरेर हमला गराएको बताउँदै आएका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४,६०० सय पुग्यो

कोरोना भाइरसको संक्रमणबाट १४ हजार ६ सय जनाको ज्यान गएको छ । विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिस संक्रमित भएको पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । 

उता, चीनमा ३ हजार २ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यीमध्ये ३ हजार १ सय ५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । हुबेई कोरोना संक्रमणको उद्गम स्थल हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech