2020-04-02 18:39:05

विश्वमा जारी सबै युद्ध रोक्न संयुक्त राष्ट्रसंघको आह्वान

प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस प्रकोपसँग जुध्न विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको हो । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताउँदै यो जोखिमकाबिरूद्ध लड्न सबै युद्ध रोक्न आवश्यक भएको बताएका छन्।

उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको चेतावनी समेत दिए । उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरेको बीबीसीले जनाएको छ।

पाकिस्तान भारतमा आतंकवादी गतिबिधिको रणनीति बनाउन व्यस्त !

कोरोना भाइरस विरुद्ध अहिलै विश्व नै लडिरहेको बेला पाकिस्तान भने अटेरी गर्दै आएको छ । कोरोना भाइरसका कारण अहिले विश्वनै आतंकित बनेतापनि पाकिस्तानमा भने यस्को कुनै असर देखिएको छैन । यस्तो अवस्थामा पाकिस्तानले पनि कोरोनाविरुद्ध लड्नुपर्ने हुन्थ्यो तर, पाकिस्तान भने अहिले पनि भारतमाथि आक्रमण गर्दै आएको छ । 

दक्षिण एसियाको शान्ति र कोरोनाविरुद्ध सार्क राष्ट्रहरु एक हुनुपर्नेमा पनि पाकिस्तान एकजुट नभएको प्रष्ट भएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा सार्क राष्ट्रहरुबिच भिडीयो कन्फ्रेन्स् हुदाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उपस्थिती भने थिएन । 

आफैंले १९ औं सार्क शिखर सम्मेलन गर्नुपर्ने जिम्मेवारी थाँती रहेका बेला त्यसलाई सम्पन्न गर्न भिडियो कन्फ्रेन्समा इमरान खान आफैं सहभागी गएर वातावरण बनाउनुपर्ने थियो । धन्न राज्यमन्त्री पठाएर बाध्यात्मक जस्तो देखिने सार्क राष्ट्रको कोरोनाविरुद्ध लड्ने प्रस्तावमा ऐक्यबद्धता जनाए । अर्कोतर्फ सबै राष्ट्रले कोरोनालाई परास्त गर्दै क्षेत्रीय हितको कुरा गरिरहेका बेला पाकिस्तानले भने जम्मू काश्मिरको उठाएर बैठकमा सबैलाई आश्चर्यमा पार्यो । 

काश्मिरमा आँखा गाडेको पाकिस्तानले यसैकारण आतंकवाद छोड्न सकेको छैन । जसले गर्दा दक्षिण एसियाको शान्ति एकता र स्थिरता हराएको छ । पुलवामा, उरी, पठानकोट हमला यसका उदाहरण हुन् । यिनै हमलाका कारण पाकिस्तानमा तय भएको १९ औ सार्क शिखर सम्मेलन समेत स्थगित भयो, अहिलेसम्म हुन सकेको छैन । धेरैले सार्क सम्मेलन हुन नदिन र सार्कलाई निष्क्रिय बनाउन पाकिस्तानले जानीजानी आतंकवादी परिचालन गरेर हमला गराएको बताउँदै आएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech