2020-04-04 14:55:54

कोरोना अपडेटः कोरोना भाइरसको प्रकोपसँग खेलैची गर्दै पाकिस्तान (हेर्नुस् भिडीयो)

प्रकाशित

काठमाडौं । अहिले कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोपसँग विश्वनै लडिरहेको छ । 

तर, पाकिस्तानले कोरोनाको प्रकोपसँग लड्न खासै कदम नचालेको गुनासो बढ्दै गएको छ । हाल कारोनाका कारण विश्वनै आतंकित बनेको छ । यस्तो अवस्थामा पनि पाकिस्तानले कोरोनासँग खेलैची गर्दै आएको देखिन्छ । 

कोरोना संक्रमितका लागि अर्को राष्ट्रहरुमा बनाए झैं पाकिस्तानमा पनि क्वारेन्टाइन बनाइएको छ । पाकिस्तानमा क्वारेन्टाइनको स्थापना गरेता पनि त्यहाँ आमनागरिक सुरक्षित महसुस् गरेका छैनन् । त्यहाँ नियमित चेकजाच भइरहेको छैन । 

हेर्नुस् भिडीयो


विश्वमा जारी सबै युद्ध रोक्न संयुक्त राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघले विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस प्रकोपसँग जुध्न विश्वमा जारी सबै युद्ध रोक्न आह्वान गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताउँदै यो जोखिमकाबिरूद्ध लड्न सबै युद्ध रोक्न आवश्यक भएको बताएका छन्। उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको चेतावनी समेत दिए । उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरेको छ।

पाकिस्तान भारतमा आतंकवादी गतिबिधिको रणनीति बनाउन व्यस्त !

कोरोना भाइरस विरुद्ध अहिलै विश्व नै लडिरहेको बेला पाकिस्तान भने अटेरी गर्दै आएको छ । कोरोना भाइरसका कारण अहिले विश्वनै आतंकित बनेतापनि पाकिस्तानमा भने यस्को कुनै असर देखिएको छैन । यस्तो अवस्थामा पाकिस्तानले पनि कोरोनाविरुद्ध लड्नुपर्ने हुन्थ्यो तर, पाकिस्तान भने अहिले पनि भारतमाथि आक्रमण गर्दै आएको छ । दक्षिण एसियाको शान्ति र कोरोनाविरुद्ध सार्क राष्ट्रहरु एक हुनुपर्नेमा पनि पाकिस्तान एकजुट नभएको प्रष्ट भएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा सार्क राष्ट्रहरुबिच भिडीयो कन्फ्रेन्स् हुदाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उपस्थिती भने थिएन । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech