2020-04-02 19:18:35

जुम्लामा लकडाउन कार्यान्वयन नभएपछि निषेधाज्ञा ‘कर्फ्यु’ जारी 

प्रकाशित

जुम्ला । लकडाउन कार्यान्वयन नभएपछि जुम्लामा निषेधाज्ञा जारी भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले दिएको जानकारी अनुसार कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेको हाे । 

प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश दिएको छ । अनुमति प्राप्त गाडी, सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिए । 

निषेधाज्ञा जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यबस्तु खरिद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ । हेल्थ डेस्कहरुमा आजै नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech