लकडाउन तोड्ने ५६ जना प्रहरी नियन्त्रणमा

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइसरबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन अवज्ञा गर्दै हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जना पक्राउ

धनुषामा लकडाउनको अवज्ञा गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँबाट बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । लकडाउनको अवज्ञा गरी घरबाहिर निस्केका २१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

मकवानपुरमा लकडाउनको अवज्ञा गर्ने १४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकका अनुसार अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीको आग्रहलाई अटेर गरी हिड्ने सवारी र मानिस दुवैलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

चितवनमा लकडाउनको अवज्ञा गर्ने १५ जना पक्राउ

चितवनमा लकडाउनको अवज्ञा गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको दोस्रो दिन जिल्लाका विभिन्न स्थानमा विना काम सवारी लिएर हिड्ने १५ जनालाई पक्राउ गरेको हो । 

बारामा लकडाउनअवज्ञा गर्ने ५ जना पक्राउ

बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना पक्राउ परेका छन् । प्रहरीले लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिएको हो ।

काभ्रेमा लकडाउनको अवज्ञा एक जना पक्राउ

काभ्रेपलाञ्चोकमा लकडाउनको उलंघन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी रविराज पौडेलले आमनागरिकको हितका लागि लकडाउन घोषणा गरिएको पूर्ण पालना गरिदिन सर्वसाधारणलाई अपिल गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech