2020-04-04 15:16:01

लकडाउनका बेला तपाईँहरु घरमै बस्नुहोस्ः प्रधानमन्त्री ओली

प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गरेका छन् । 

ट्विटरमार्फत ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओलीले ट्वीटमा ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ भनेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech