2020-04-04 13:22:40

आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

प्रकाशित

काठमाडौं । तपाईको आजको राशिफल हेर्नुहोस्ः 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थयको ख्याल गर्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला । स्वस्थप्रति सजक रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
स्वास्यथ्यको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech