2020-04-04 13:30:00

मौसमः देशका यी ठाउँहरुमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने

प्रकाशित

काठमाडौं । आज दिउँसो देशको पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ । पश्चिमि भू–भागका थोरै  स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चैत्र १४ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पश्चिमि भू–भागका केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पहाडी भू–भागका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।  हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चैत्र १५ गते (शनिबार)

दिउँसोः देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech