2020-04-04 13:36:27

कोरोना अपडेटः मृत्यु हुनेको संख्या २१,२०० पुग्यो, संक्रमितको संख्या ५ लाख नजिक

प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१,२००  पुगेको छ ।

कोरोना संक्रमितको ४,६८,९०५ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ४,६८,९०५ संक्रमित मध्ये १,१४,२१८ संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी संक्रमित संख्या चीनमा छन् । चीनमा ८१२८८ संक्रमित संख्या पुगेको छ । त्यहाँ ३२८७ को मृत्यु भएको छ । त्यस्तै इटालीमा ७४३८६ संक्रमित भइसकेका छन् । मृतकको संख्यामा इटालीले चीनलाई उछिनिसकेको छ । त्यहाँ ७५०३ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा ६६०८४ संक्रमित भएका छन् । अमेरिकामा संक्रमित संख्या ह्वात्तै बढेको छ । स्पेनमा ४९,५१५, जना संक्रमित भएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech