Logo

आइतवार, माघ ४ गते २०७७

कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल छः डब्ल्यूएचओ

कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल छः डब्ल्यूएचओ

आषाढ २७ २०७७
  • 69
    SHARES
  • कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल छः डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल भएकाे बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताको हो । 

    जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए ।

    यसैबीच विश्व सवस्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् ।

    आषाढ २७, २०७७ शनिवार १३:३४:१२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana