Logo

आइतवार, माघ ४ गते २०७७

कोरोनाको खोप धनी देशमा हैन, आवश्यक ठाउँमा पठाऊः बिल गेट्स

कोरोनाको खोप धनी देशमा हैन, आवश्यक ठाउँमा पठाऊः बिल गेट्स

आषाढ २८ २०७७
  • 65
    SHARES
  • कोरोनाको खोप धनी देशमा हैन, आवश्यक ठाउँमा पठाऊः  बिल गेट्स

    वासिंटन । बिल गेट्सले कोभिड १९ को खोप धनी देश भन्दा पनि अत्यावस्यक भएका देश र नागरिकलाई पहिले उपलब्ध गराउन आग्रह गरेका छन् ।

    खोपका लागि धेरै रकम तिर्नेहरुका लागि नभएर पहिले खोपको आवस्यकता धेरै भएका देश र नागरिकलाई वितरण गर्नुपर्ने उनले बताएका हुन् । ‘यदी हामीले औषधि र खोप कोरोना प्रभावित देश र जनताको सट्टा धेरै पैसा तिर्नेलाई दियौँ भने, यो अन्याय हुनेछ,’ बिल गेट्सले भनेका छन् ।

    माइक्रोसफ्टका संस्थापक गेट्सले अन्तर्राष्ट्रिय सहायता समाजबाट आयोजित भिडिओ सन्देश मार्फत शनिबार यस्तो सुझाव दिएका हुन् । ‘समानताको आधारमा वितरण गर्नसक्ने  कडा निर्णय गर्नसक्ने नेताहरु हामीलाई चाहिएको छ । न कि, बजार सञ्चालित क्षेत्रमा मात्र,’ गेट्सले भनेका थिए ।

    कोभिड १९ को उपचारका लागि अमेरिका र युरोपमा सयौँ खोप कार्यक्रम सञ्चालनमा छन् । जसको अनुसन्धान, निर्माण र परीक्षणका लागि अर्बौँ डलर लगानी समेत भएको छ । तर खोप विकास भइसकेपछि धनी देशहरुमा पहिले वितरण हुनसक्ने आंकलन गरिएको छ ।

    आषाढ २८, २०७७ आइतवार १७:२६:४४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana