Logo

आइतवार, माघ ४ गते २०७७

साउनदेखि नै विदेशी च्यानलमा क्लिन फिड लागू गर्न माग

साउनदेखि नै विदेशी च्यानलमा क्लिन फिड लागू गर्न माग

नेपालपाना आषाढ २९ २०७७
  • 33
    SHARES
  • साउनदेखि नै विदेशी च्यानलमा क्लिन फिड लागू गर्न माग

    काठमाडौं। विदेशी च्यानलमा साउन १ देखिनै क्लिन फिड लागू गर्न माग गरिएको छ । 

    आगामी कात्तिक ८ देखि विदेशी च्यानलमा लाग्ने भनिएको क्लिन फिड साउन १ देखि लागू गर्न माग गर्दै चारवटा संघसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

    भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतलाई जोडेर प्रसारण गरेको सामग्रीको सन्दर्भलाई उठाउँदै ती संघसंस्थाले मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । 

    उनिहरुले यस्ता दुष्प्रचारयुक्त सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सिर्जना भएको उनिहरुको भनाई छ ।

    ज्ञापनपत्रमा यस्ता गलत प्रचार रोक्नका लागि आगामी कात्तिक ८ देखि लागू हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् साउन १ देखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने उनिहरुको ठहर छ ।

    आषाढ २९, २०७७ सोमवार ११:०२:०७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana