मन्त्री अर्याल भन्छिन्ः आफ्नै पालामा सार्वजनिक भयो राजनीतिक नक्सा 

  |   प्रकाशित :

काठमाडौं। मन्त्री पद्माकुमारी अर्यालले राजनीतिक नक्सा आफ्नै पालामा सार्वजनिक गरेको जानकारी दिएकी छन् ।

मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री पद्माकुमारी अर्यालले नेपालको सम्पूर्ण भूमि समेटेर आफ्नै पालामा राजनीतिक नक्सा सार्वजनिक गरेको जानकारी दिएकी हुन् ।

बैठकमा मन्त्री अर्यालले मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको अद्यावधिक/राजनीतिक नक्सा सार्वजनिक, आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्तालगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिईन् । उनले भनिन्– ‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरुको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा रहको छ’ तपाईहरु जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech